शनिबारसम्म वर्षाको सम्भावना

हिमाल प्रेस २३ असोज २०८३ ६:५९ | Friday, October 9, 2026
शनिबारसम्म वर्षाको सम्भावना

काठमाडौँ- देशका विभिन्न क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना रहेकाले मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका छन्।

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। तराईका विभिन्न क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा एक दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।

मधेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ।

वायुमण्डलमा रहेको अस्थिरताका कारण छोटो समयमा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर यात्रा तथा अन्य गतिविधिको योजना बनाउन मौसमविद्ले सुझाव दिएका छन्।

विभागका अनुसार शनिबारसम्म वर्षाको क्रम जारी रहने सम्भावना छ। त्यसपछि केही स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश क्षेत्रमा मौसम क्रमशः खुल्दै जाने अनुमान गरिएको छ।

असोज २५ गते घटस्थापनादेखि भने अहिलेको तुलनामा मौसममा केही सुधार देखिन सक्ने अनुमान छ।

प्रकाशित: २३ असोज २०८३ ६:५९ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast