काठमाडौँ- नेपालबाट केही दिनमै मनसुन बाहिरिने क्रम सुरु हुने भएको छ। मौसम विज्ञान विभागका अनुसार अबको एक दुई दिनदेखि पश्चिम नेपालबाट मनसुन बाहिरिन सुरु हुने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार पछिल्ला दिनमा मनसुन प्रणाली कमजोर हुँदै गएको छ। पश्चिम नेपालबाट बाहिरिन सुरु भएको मनसुन क्रमशः पूर्वतर्फ सर्दै नेपालबाट पूर्णरूपमा बाहिरिनेछ।
नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो। त्यसैगरी, नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ रहेको विभागले जनाएको छ।
मनसुन बाहिरिएपछि भने नेपालमा वर्षा पूर्णरूपमा रोकिने छैन। मनसुन प्रणालीका कारण हुने वर्षा मात्र रोकिने विभागले जनाएको छ।
मनसुन बाहिरिएपछि स्थानीय मौसमी प्रणाली तथा पश्चिमी वायुको प्रभावलगायत अन्य कारणले वर्षा हुन सक्नेछ।
प्रकाशित: १६ असोज २०८३ ७:५७ | Friday, October 2, 2026
प्रतिक्रिया



