काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा दुई पदाधिकारी र एक केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र केन्द्रीय सदस्य महिला (काठमाडौँ उपत्यका)तर्फ डा।अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका हुन्।
ती पदमा अन्य नेताको उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका कटवालले बताए।
प्रकाशित: २२ असोज २०८३ ६:२२ | Thursday, October 8, 2026
प्रतिक्रिया



