बालेनको प्रशंसामा मोदी, भने : उहाँमा क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु

हिमाल प्रेस ७ मंसिर २०८३ १४:२६ | Monday, November 23, 2026
बालेनको प्रशंसामा मोदी, भने : उहाँमा क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को प्रशंसा गरेका छन्। दुई देशस्तरीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा मोदीले विश्वकै युवा प्रधानमन्त्तीको रूपमा यूएनमा सम्बोधन गर्दा नै स्पष्ट झलक पाएको बताए।

‘नेपालको भविष्य र भारत नेपाल सम्बन्धको लागि उनको क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु,’ मोदीले भनेका छन्, ‘नेपालको जनताले जुन ऐतिहासिक जनादेश दिएको छ, त्यसले नेपालका नयाँ पिढीँको आकांक्षा देखाउँछ।’

उनले भारत सधैं सशक्त र समृद्ध नेपाल विकास यात्रामा सहभागी हुँदै आएको र अझै पनि सँगै अघि बढ्ने बताए।

‘भारत एक सशक्त र समृद्ध विकास यात्रामा सधैं सहभागी हुँदै आएको छ। आफ्नो सम्बन्धको नयाँ उचाइका साथ अघि बढाउन महत्त्वपूर्ण निर्णय लिएका छौं,’ मोदीले भनेका छन्। उनले केही घण्टाको बातचितमा नेपालको भविष्य र दुई देशबीचको सम्बन्धमा क्लियर भिजनप्रति प्रतिबद्ध नेताको रूपमा पाएको पनि बताए।

प्रकाशित: ७ मंसिर २०८३ १४:२६ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast