नेपाल र भारतबीच आठबुँदे समझदारीपत्रमा हस्ताक्षर

हिमाल प्रेस ७ मंसिर २०८३ १५:३० | Monday, November 23, 2026
नेपाल र भारतबीच आठबुँदे समझदारीपत्रमा हस्ताक्षर

नयाँदिल्ली- नेपाल र भारतबीच आठ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिवसीय राजकीय भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीमा दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

दुवै पक्षबीच भएको समझदारीले दुई देशबीच शैक्षिक, सुरक्षा, प्रशासनिक, स्वास्थ्य, आयुर्वेद, अन्तरिक्ष प्रविधि, सहरी विकास तथा पशुपन्छी र मत्स्यपालन क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यस्ता छन् दुवै पक्षबीच भएका समझदारीहरू :

१. गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फोरेन्सिक साइन्सेज युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहयोगसम्बन्धी समझदारी

२. भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालका राष्ट्रिय प्रहरी प्रतिष्ठान (एनपीए) बीच समझदारी

३. भारत सरकारको नेसनल सेन्टर फर गुड गभर्नेन्स  तथा प्रशासनिक सुधार र सार्वजनिक गुनासो विभाग र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत नेपाल स्टाफ कलेजबीच नेपालका निजामती कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी समझदारी

४. आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी

५. भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसिया उपग्रहको उपयोगका लागि उपग्रह सञ्चार सञ्जाल स्थापना

६. दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहयोगसम्बन्धी नेपाल र भारत सरकारबीच समझदारी

७. स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्यका लागि भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारी

८. पशुपन्छी तथा मत्स्यपालन विकासका क्षेत्रमा सहकार्यसम्बन्धी नेपाल र भारत सरकारबीच समझदारी

प्रकाशित: ७ मंसिर २०८३ १५:३० | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast