काठमाडौँ- दसैँमा घर जाने यात्रुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ।
टिकट पाउने आशमा यात्रुहरू गएरातिदेखि नै काठमाडौँको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन्।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
प्रकाशित: २३ असोज २०८३ ६:४४ | Friday, October 9, 2026
प्रतिक्रिया



