दसैँका लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुला

हिमाल प्रेस २० असोज २०८३ १५:१० | Tuesday, October 6, 2026
दसैँका लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुला नयाँ बसपार्क

काठमाडौँ- यस वर्ष दसैँमा घर जाने यात्रुका लागि आगामी शुक्रबार (असोज २३ गते) बाट टिकट बुकिङ खुला गरिएको छ। यातायात व्यवस्था विभागमा मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो।

महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिएका हुन्। दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी भइरहेको उनले जानकारी गराए।

दसैँको समयमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ।

महानिर्देशक पोखरेलका अनुसार यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ।

प्रकाशित: २० असोज २०८३ १५:१० | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast