दसैँ बिदा सकिएसँगै हेटौँडामा बढ्यो चहलपहल

हिमाल प्रेस ९ कार्तिक २०८३ १५:२१ | Monday, October 26, 2026
10
SHARES
दसैँ बिदा सकिएसँगै हेटौँडामा बढ्यो चहलपहल

काठमाडौँ- दसैँ बिदा सकिएसँगै सोमबारदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा चहलपहल बढेको छ।

बिदा सकिएको र सोमबारदेखि कार्यालय खुलेका कारण विभिन्न काम लिएर सर्वसाधारण कार्यालयमा पुग्न थालेका छन्।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा कार्यालय खुलेसँगै सेवाग्राही आउन थाले पनि सोमबार धेरै चाप भने नरहेको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए।

दसैँ बिदाका समयमा शान्ति सुरक्षालगायत समग्र जिल्लाको अवस्था सामान्य नै रहेको उनले जानकारी दिए।

बिदाका समयमा अन्यत्र स्थायी बसोबास भई विभिन्न सेवा, पेसा र व्यवसायका कारण हेटौँडामा बस्दै आएका व्यक्ति परिवारजनसहित घर तथा गाउँमा गएकोमा बिदा सकिएसँगै फर्कन थालेपछि बजार क्षेत्रमा पनि चहपहल बढ्दै गएको व्यवसायी बताउँछन्।

प्रकाशित: ९ कार्तिक २०८३ १५:२१ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast