फाइल तस्बिर : एएफपी
काठमाडौँ- यमनका हुथी विद्रोहीहरुले जेद्दाहलगायत लाल सागरमा रहेका साउदी अरबका अन्य बन्दरगाहहरुलाई निशाना बनाउने धम्की दिएका छन्।
शुक्रबार हुथी विद्रोहीका प्रवक्ता याह्या सरीले साउदी सैन्य गठबन्धनले हुथीको नियन्त्रणमा रहेको अल–हुदैदा बन्दरगाहमा आक्रमण गरे साउदी अरबका बन्दरगाहहरुलाई निशाना बनाउने बताएका छन्।
उनले बन्दरगाहहरुमा काम गर्ने मजदुर र कर्मचारीका साथै आसपास क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई त्यहाँबाट टाढा जान सल्लाह दिएका छन्।
उनले शिपिङ कम्पनीहरुलाई पनि आफ्ना सबै जहाज र डुंगाहरु बन्दरगाहबाट हटाउन भनेका छन्।
साउदी सैन्य गठबन्धनले आफैँ अल–हुदैदा बन्दरगाह आसपास बस्ने मानिसहरुलाई क्षेत्र खाली गर्न निर्देशन दिएको समयमा हुथी विद्रोहीको यो धम्की आएको हो।
प्रकाशित: ४ मंसिर २०८३ २२:१५ | Friday, November 20, 2026
प्रतिक्रिया



