साउदी अरबको दम्माम विमानस्थलमा आक्रमण, दुईको मृत्यु

हिमाल प्रेस ५ कार्तिक २०८३ १५:३२ | Thursday, October 22, 2026
12
SHARES
साउदी अरबको दम्माम विमानस्थलमा आक्रमण, दुईको मृत्यु

काठमाडौँ- साउदी अरबको दम्माम विमानस्थलमा भएको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आक्रमणमा एक भारतीयसहित दुई जनाको मृत्यु भएको छ। विमानस्थलमा बुधबार राति आक्रमण भएको थियो।

रियादस्थित भारतीय दूतावासले साउदी अरबका अधिकारीहरुलाई उद्धृत गर्दै घटनाको पुष्टि गरेको हो।

रियादस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘साउदी अधिकारीहरुले जानकारी गराएअनुसार गए राति दम्माम विमानस्थलमा भएको आक्रमणमा एक भारतीय नागरिकसहित दुई जनाको ज्यान गएको छ।’

हालसम्म साउदी अरबमा भएका यी आक्रमणहरुको पछाडि कुन समूह वा व्यक्तिको संलग्नता छ भन्ने विषय खुल्न सकेको छैन।

यमनमा हुथी विद्रोहीहरुसँगको द्वन्द्व चलिरहेको बेला साउदी अरबको विमानस्थलमा आक्रमण भएको हो।

प्रकाशित: ५ कार्तिक २०८३ १५:३२ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast