एउटा फोन कल…अनि समातिए टाइगर श्राफका ‘सुटर’

हिमाल प्रेस ३ कार्तिक २०८३ १६:३० | Tuesday, October 20, 2026
14
SHARES
एउटा फोन कल…अनि समातिए टाइगर श्राफका ‘सुटर’

काठमाडौँ- बलिउड अभिनेता टाइगर श्राफको कारमाथि शनिबार भएको आक्रमणपपछि मुम्बई प्रहरीले उनलाई सुरक्षा प्रदान गरेको छ भने स्थानीय प्रहरी चौकीले एक अधिकारी र थप प्रहरीकर्मीहरू खटाएको छ।

समाचार एजेन्सी एनआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यो घटनामा राजस्थानको कोटाबाट तीन जना अभियुक्तलाई पक्राउ गरिएको छ र सोधपुछका लागि उनीहरूलाई मुम्बई प्रहरीको जिम्मा लगाइएको छ।

मुम्बई प्रहरीका अनुसार तीनै जना अभियुक्तहरुको उमेर १८ देखि २२ वर्षको बीचमा रहेको छ। तीमध्ये दुई जना हरियाणाको सोनीपत र एक जना बिहारका बासिन्दा हुन्। उनीहरूमध्ये दुई जना १२ र एक जना ९ कक्षासम्म पढेका छन्। उनीहरूको आपराधिक विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका तीनै जना अभियुक्त नाबालक होइनन्। कोटाबाट पक्राउ परेका उनीहरूलाई राजस्थान प्रहरीले मुम्बई प्रहरीको जिम्मा लगाएको थियो।

शनिबार भएको यो घटनापछि मुम्बई प्रहरीले अभिनेता श्राफ ‘पूर्ण रुपमा सुरक्षित’ रहेको जनाएको थियो।

घटनालगत्तै महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शर्मा श्राफलाई भेट्न उनको घर पुगेका थिए। उनले दोषीहरुलाई कडा कारबाही गर्ने आश्वासन दिएका थिए।

त्यस्तै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनामा जोसुकै संलग्न भए पनि कारबाही गर्ने बताएका थिए।

कसरी पक्राउ परे अभियुक्तहरु?

घटनालगत्तै मुम्बई प्रहरीले १५ वटा टोली गठन गरेको थियो। घटनास्थलमा फरेन्सिक टोलीसमेत पुगेको थियो। मुम्बई प्रहरीले वरपरका सबै सीसीटीभी फुटेजहरुमार्फत अभियुक्तहरु पत्ता लगाउने प्रयार गरिरहेको बताएको थियो।

सोमबार आरोपीहरु पक्राउ परेको बताइएको थियो।

अभियुक्तहरु गुजरातको सुरत स्टेशनमा पुणे–जयपुर एक्सप्रेस ट्रेनमा हतारहतार चढेको देखिने सीसीटीभी फुटेज प्रहरीले फेला पारेको थियो। अधिकारीहरुका अनुसार तीनै जना अभियुक्त श्राफमाथि गोली प्रहार गरेको केही घण्टापछि ट्याक्सीमार्फत सडकमार्ग हुँदै सुरत पुगेका थिए।

मुम्बईबाट सुरतको दूरी करिब २७५ किलोमिटर छ। त्यसपछि उनीहरू सोमबार बिहान करिब १ः३० बजे जयपुर जाने ट्रेनमा चढेका थिए।

उनीहरुलाई खोजी गर्न गुजरातको सरकारी रेलवे प्रहरी (जीआरपीएफ) र रेलवे सुरक्षा बल (आरपीएफ) ले मुम्बई प्रहरीसँग समन्वय गरिरहेकोबारे तीनै जना बेखबर थिए।

आरपीएफ र कोटा सिटी प्रहरीले संयुक्त रुपमा उनीहरूलाई पक्राउ गरेको थियो। सुरतबाट जयपुर जाँदै गर्दा प्रहरीले उनीहरूलाई कोटा स्टेशनमा पक्राउ गरेको थियो। उनीहरुको साथबाट कुनै हतियार वा पैसा बरामद भएको थिएन।

ट्याक्सी चालकको फोन कलले दियो सुराक

इन्डियन एक्सप्रेसले जनाएअनुसार सुरतका एक ट्याक्सी चालकलाई आरोपीहरुमध्ये एकले गरेको फोन कलले मुम्बई प्रहरीलाई उनीहरुको आउजाउनको सुराक दिएको थियो।

आफूलाई ट्र्याक हुनबाट बचाउन उनीहरुले आफ्ना फोन बन्द गरेका थिए र निरन्तर आफ्नो स्थान तथा यातायातका साधन बदलिरहेका थिए। तर, आइतबार राति एक जनाले बोरीवली रेलवे स्टेशनबाहिरबाट एक ट्याक्सी चालकलाई फोन गरेर भेट्ने ठाउँ बताएका थिए।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएअनुसार सीसीटीभी क्यामेराहरुको मद्तले उनीहरुको पहिचान गरिएको थियो र प्राविधिक आधारमा उनीहरुको फोनको ट्र्याक गरिएको थियो।

ट्याक्सी चालकलाई फोन गरेपछि प्रहरीले उसको नम्बर पनि फेला पारेको थियो। यद्यपि तीनै जनाले आफ्नो फोन बन्द राखेका थिए। तीनै जनालाई ओरालेको ठाउँमा ट्याक्सी चालकले प्रहरीलाई लगेको थियो।

प्रहरीले सीसीटीभी फुटेज अध्ययन गर्ने क्रममा तीनै जना केहीबेर बसको प्रतीक्षा गरेपछि सुरतबाट पुणे–जयपुर ट्रेनमा चढेका थिए। प्लेटफर्मको सीसीटीभी फुटेजबाट उनीहरु चढेको कोच पनि पत्ता लागेको थियो।

इन्डियन एक्प्रेसका अनुसार ट्रेन रुक्ने अर्को स्टेशन कोटा थियो त्यसैले कोटा प्रहरीलाई पूर्वजानकारी गराइएको थियो।

यसअघि मुम्बई प्रहरीका एक अधिकारीले तीनै अभियुक्त एउटै मोटरसाइकलमा जुहूबाट अन्धेरी रेलवे स्टेशन पुगेका थिए। त्यहाँबाट उनीहरुले बोरीवली जाने ट्रेन समातेका थिए।

पक्राउ परेकामध्ये फूल सिंह र रेहान आर हरियाणाका हुन् भने ऋतिक महतो बिहार बेगुसरायका छन्।

प्रकाशित: ३ कार्तिक २०८३ १६:३० | Tuesday, October 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast