मस्कद्वारा ‘उड्ने’ कार सार्वजनिक

हिमाल प्रेस ३० असोज २०८३ २१:०७ | Friday, October 16, 2026
12
SHARES
मस्कद्वारा ‘उड्ने’ कार सार्वजनिक

काठमाडौँ- विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले हावामा उड्नसक्ने प्रविधि जडित नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन्।

उनले टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा थ्रस्टर जडित कार प्रदर्शन गरेका हुन्।

टेस्लाको एक्स खाताबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारलाई ठाडो ¥याम्पबाट उफारेर पुनः आफ्नै पाङ्ग्रामा अवतरण गराइएको थियो। प्रदर्शनपछि मस्कले ‘उड्ने कार वास्तविक हुन्’ भने।

उनले कारको सफलता सुनिश्चित नभए पनि यसले काम गर्ने सम्भावना रहेको बताए। मस्कका अनुसार कारमा हावाको दबाबबाट गाडीलाई माथि धकेल्न सक्ने अत्यधिक उच्च चापयुक्त हावाको ट्यांकी जडान गरिएको छ।

टेस्ला र स्पेसएक्सको संयुक्त क्षमताको चर्चा गर्दै मस्कले विश्वको उत्कृष्ट कार निर्माता र रकेट कम्पनीबीच सहकार्य हुँदा यस्तो प्रविधिको विकास सम्भव भएको बताए। उनले उक्त कार सन् २०२८ मा उत्पादनमा जाने जानकारी पनि दिए।

प्राविधिक जटिलता र नियामक चुनौतीका कारण उड्ने कारको अवधारणाले लामो समयदेखि व्यावहारिक रूप लिन सकेको छैन।

यद्यपि, विद्युतीय मोटर र उच्च क्षमताका ब्याट्रीमा भएको प्रगतिले पछिल्ला वर्षमा यस्ता गाडीको विकासप्रति चासो बढाएको छ।

अमेरिकी उड्डयन क्षेत्रका अग्रणी ग्लेन कर्टिसले सन् १९१७ मै उड्ने कारको पहिलो नमूना प्रस्तुत गरेका थिए। त्यसयता यस क्षेत्रमा विभिन्न प्रयास भए पनि व्यावसायिक रूपमा सफल उड्ने कारको विकास चुनौतीपूर्ण रहँदै आएको छ।-रासस/एएफपी

प्रकाशित: ३० असोज २०८३ २१:०७ | Friday, October 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast