भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुंगे पुल सञ्चालनमा

हिमाल प्रेस ३० असोज २०८३ २१:३२ | Friday, October 16, 2026
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुंगे पुल सञ्चालनमा तस्बिर स्रोत : प्रधानमन्त्रीको फेसबुक पेज

काठमाडौँ- भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा झोलुंगे पुल मर्मतपछि पुनः सञ्चालनमा आएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गत बाढीबाट क्षतिग्रस्त पुलहरूको मर्मत गरी सञ्चालनमा ल्याएको हो।

बाढीले ११ वटा झोलुंगे पुलमा ठूलो क्षति पुर्‍याएको थियो भने सातवटा पुलमा सामान्य क्षति पुगेको थियो। सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएपछि प्रभावित क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

पुल सञ्चालनमा आएपछि नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ। यसले बाढीका कारण प्रभावित जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुगेको उनको भनाइ छ।

प्रकाशित: ३० असोज २०८३ २१:३२ | Friday, October 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast