देउवा पक्ष कांग्रेसले सम्पन्न गर्‍यो सोरु गाउँपालिकाको अधिवेशन, सभापतिमा सूर्यबहादुर बम चयन

हिमाल प्रेस २२ असोज २०८३ ११:२० | Thursday, October 8, 2026
देउवा पक्ष कांग्रेसले सम्पन्न गर्‍यो सोरु गाउँपालिकाको अधिवेशन, सभापतिमा सूर्यबहादुर बम चयन

काठमाडौँ- पूर्वसभापति शेरबहादुर देउवा पक्ष नेपाली कांग्रेसले मुगुको सोरु गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट सूर्यबहादुर बमको सभापतित्वमा ३० सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको हो।

पूर्ववनमन्त्री एवं नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता थियो।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सक्रिय र व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। नव निर्वाचित सभापति सूर्यबहादुर बमसहित सम्पूर्ण कार्यसमितिलाई पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा स्थानीय तहमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन जिम्मेवारी थपिएको छ।

सोरुमा अधिवेशन आयोजना गर्ने विषयमा पार्टीभित्रका विभिन्न समूहबीच गतिविधि देखिए पनि अन्ततः देउवा पक्षसँग सम्बद्ध नेताहरूको पहलमा अधिवेशन कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको स्थानीय नेताहरूले बताएका छन्। यसअघि अर्को पक्षले कार्यक्रम व्यवस्थित रूपमा अघि बढाउन नसकेको दाबी स्थानिय नेता बताउँछन्।

प्रकाशित: २२ असोज २०८३ ११:२० | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast