काठमाडौँ- केहीबेरअघि महसुस भएको भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङगोला आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
बिहान ७ बजेर १७ मिनेट जाँदा महसुस भएको भूकम्प ५ दशमलव ६ म्याग्निचुटको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ भूकम्प विद् लोकविजय अधिकारीले बताएका छन्।
‘ताप्लेजुङको तिब्बत बोर्डर आसपास भएर भूकम्प गएको रेकर्ड भएको छ।’ उनले बताए। बिहान उपत्यकासहित पूर्वी क्षेत्रमा कम्पन महसुस भएको थियो।
प्रकाशित: ८ मंसिर २०८३ ८:०३ | Tuesday, November 24, 2026
प्रतिक्रिया



