टोखा-११ मा रोहित थपलियाको नेतृत्वमा ५१ सदस्यीय कांग्रेस वडा कार्यसमिति गठन

हिमाल प्रेस १८ असोज २०८३ ११:२७ | Sunday, October 4, 2026
टोखा-११ मा रोहित थपलियाको नेतृत्वमा ५१ सदस्यीय कांग्रेस वडा कार्यसमिति गठन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत असोज १५ गते सम्पन्न वडा अधिवेशनबाट काठमाडौँको टोखा नगरपालिका-११ मा रोहित थपलियाको नेतृत्वमा ५१ सदस्यीय वडा कार्यसमिति निर्विरोध गठन भएको छ।

नेपाली कांग्रेसका पूर्वमन्त्री भीमसेनदास प्रधानको प्रमुख उपस्थितिमा सम्पन्न अधिवेशनमा काठमाडौँ क्षेत्र नं.६ का संयोजक सरोजकुमार बस्नेत, नेपाली संस्कृति विभागका सदस्य श्याममदन केसी, युवा नेताहरू कृष्णमान श्रेष्ठ, माधव सेढाईं सहित दर्जनौं नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।

३४ वर्षीय थपलिया टोखा-११ का युवा व्यवसायी हुन्। युवा पुस्ताले राजनीति सँगै स्वावलम्बन र उद्यमशीलतालाई पनि जोड दिनुपर्छ भन्ने मान्यताका साथ उनी लामो समयदेखि व्यवसायमा सक्रिय छन्।

उनले आफ्नो नगरमा सञ्चालन गर्दै आएको कान्जिरोवा रेष्टुरेन्ट एन्ड बारमार्फत युवालाई रोजगारी सिर्जना समेत गर्दै आएका छन्।

व्यवसायसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय थपलियाले वडा तहमा युवा सहभागिता बढाउँदै संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने लक्ष्य लिएका छन्।

प्रकाशित: १८ असोज २०८३ ११:२७ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast