एनपीएल : सुदूरपश्चिमले जित्यो उपाधि

हिमाल प्रेस ५ मंसिर २०८३ २०:१२ | Saturday, November 21, 2026
एनपीएल : सुदूरपश्चिमले जित्यो उपाधि

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा गत वर्षको विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि हात पारेको हो।

सुदूरपश्चिम एनपीएलको पहिलो र दोस्रो संस्करणमा समेत फाइनलमा पुगेर उपाधि हात पार्नबाट चुकेको थियो।

जर्ज मन्सीको आक्रमक शतकीय इनिङले सुदूरपश्चिमले ३९ बल बाँकी छँदै लक्ष्य प्राप्त गर्‍यो। मन्सीले ५४ बलमा अविजित १२५ रन बनाए।

प्रकाशित: ५ मंसिर २०८३ २०:१२ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast