धुम्मियो काठमाडौँको मौसम, पर्न सक्छ एनपीएलको आजको खेलमा असर

हिमाल प्रेस १२ कार्तिक २०८३ १०:०४ | Thursday, October 29, 2026
4
SHARES
धुम्मियो काठमाडौँको मौसम, पर्न सक्छ एनपीएलको आजको खेलमा असर

काठमाडौँ–  नेपाल प्रिमियर लिग (एनपीएल) मा आज हुने दुई खेललाई मौसमले प्रभावित पार्न सक्ने सम्भावना देखिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहानदेखि आकाशमा बादल लागिरहेको छ। मौसम पूर्वानुमानअनुसार दिउँसो छिटपुट वर्षा हुन सक्ने सम्भावना छ।

आजको पहिलो खेलमा मध्यान्ह साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन्। यो खेल सुरु हुने समयमा वर्षाको सम्भावना न्यून देखिए पनि दिउँसोपछि मौसममा परिवर्तन हुन सक्ने अनुमान छ।

स्थानीय मौसम पूर्वानुमानअनुसार दिउँसो १२ बजे वर्षाको सम्भावना कम छ। दिउँसो १ देखि ३ बजेसम्म वर्षाको सम्भावना १२ देखि १६ प्रतिशतसम्म रहने अनुमान छ।

यद्यपि, दिउँसो ४ बजेपछि वर्षाको जोखिम बढ्ने देखिएको छ। साँझ ४ बजे वर्षाको सम्भावना ४७ प्रतिशत र ५ बजे ५१ प्रतिशत रहने पूर्वानुमान छ।

आजको दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन्। वर्षाको सम्भावना बढ्ने समयमै यो खेल सुरु हुने भएकाले खेल प्रभावित हुन सक्ने जोखिम छ।

पहिलो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। कर्णाली लगातार दोस्रो जितको लक्ष्यमा रहँदा विराटनगर पहिलो जितको खोजीमा हुनेछ। विराटनगर आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।

प्रकाशित: १२ कार्तिक २०८३ १०:०४ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast