‘नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ’

हिमाल प्रेस ३१ असोज २०८३ १६:३४ | Saturday, October 17, 2026
‘नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ’

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) ले आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको जनाएको छ।

शनिबार टीयु क्रिकेट ग्राउण्डमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले एनपीएलले आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको उचाई बढेको बताए। उनले नेपाल प्रिमियर लिग (एनपीएल) लाई फरक र नयाँ डाइनामिक्सका साथ प्रस्तुत गरिने धारणा राखे।

एनपीएलमा आईसीसीको एन्टी–करप्सन कोडलाई पूर्ण रूपमा लागू गरिने उनले बताए।

सचिव खड्काले स्पट फिक्सिङ, म्याच फिक्सिङ र अन्य नियम उल्लंघनका विषयमा आईसीसीको अन्तर्राष्ट्रिय कानून तथा नियमअनुसार नियामक निकायमार्फत कारबाही हुने व्यवस्था गरिएको जनाए।

एनपीएलमा प्रत्येक टिममा ७ जना नेपाली खेलाडी अनिवार्य रूपमा खेलाउनुपर्ने र अधिकतम ८ जनासम्म विदेशी खेलाडीहरू राख्न पाउने प्रावधान रहेको क्यानले जनाएको छ।

क्यान सचिव खड्काले आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया कन्फरेन्स आयोजना हुने जानकारी दिए। सम्मेलनमा एसियाली राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी भई नेपाल प्रिमियर लिग र नेपाली क्रिकेटको विकासबारे छलफल हुने उनले बताए।

प्रकाशित: ३१ असोज २०८३ १६:३४ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast