काठमाडौँ– प्रहरीले सिराहाबाट लागूऔषध खैरो हिरोइनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले आज बिहान एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरूको साथबाट ३०० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित: १२ कार्तिक २०८३ ९:४९ | Thursday, October 29, 2026
प्रतिक्रिया



