काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका निम्ति श्रीलंकन अलराउन्डर थरिन्दू रथनायकेलाई अनुबन्ध गरेको छ ।
३० वर्षीय रथनायके बायाँहाते ब्याटर हुन् । यसैगरी दायाँ र बायाँ दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका स्पिनरकाका रूपमा परिचित छन् ।
रथनायके श्रीलंकाका लागि चार टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा ७७ रन बनाउनुका साथै ६ विकेट लिएका छन् ।
समग्र टी–२० मा ८८ खेल खेल्दै ९८ विकेट लिएका रथनायकेले ६३८ रन बनाएका छन् ।
सुदूरपश्चिमले एनपीएलको आफ्नो दोस्रो खेलमा आज पोखरा एभेन्जर्सको सामना गर्दै छ ।
प्रकाशित: ११ कार्तिक २०८३ १२:४९ | Wednesday, October 28, 2026
प्रतिक्रिया



