स्विप अपरेसन चलाएर ९२ जना पक्राउ

हिमाल प्रेस ११ कार्तिक २०८३ १३:४२ | Wednesday, October 28, 2026
8
SHARES
स्विप अपरेसन चलाएर ९२ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर २४ घण्टाको अवधिमा ९२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँहरूबाट ९२ जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता तथा एसपी दानबहादुर थापाले बताए । पक्राउ परेका मध्ये ८४ पुरुष र ८ महिला छन् ।

अपराध रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुव्यवस्था कायम गर्न उच्छृङ्खल गतिविधि गर्ने तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई विशेष निगरानी गर्दै कारबाही गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित: ११ कार्तिक २०८३ १३:४२ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast