राष्ट्रपति र परराष्ट्रमन्त्रीसँग जापानका उपमन्त्री फुजीको शिष्टाचार भेट

हिमाल प्रेस ५ मंसिर २०८३ १९:५७ | Saturday, November 21, 2026
राष्ट्रपति र परराष्ट्रमन्त्रीसँग जापानका उपमन्त्री फुजीको शिष्टाचार भेट

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेटवार्ता गरेका छन्।

शनिबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा उपमन्त्री फुजीले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भेटका क्रममा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

त्यस्तै उपमन्त्री फुजीले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गरेका छन्।

मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे। उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका क्रममा समेत सहयोग गर्न तत्परता देखाएकामा जापान सरकारप्रति आभार व्यक्त गरे।

जापानी उपविदेशमन्त्री फुजी नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँ महानगरपालिका र नेपालस्थित जापानी राजदूतावासको संयुक्त आयोजनामा दरबारमार्गमा हुने नेपाल–जापान महोत्सवमा सहभागी हुन दुईदिने नेपाल भ्रमणमा आएका हुन्।

प्रकाशित: ५ मंसिर २०८३ १९:५७ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast