सुदूरपश्चिमलाई बधाई दिँदै बालेनले भने – आठवटै टिमका लागि रंगशाला निर्माण हुनेछन्

हिमाल प्रेस ५ मंसिर २०८३ २०:३३ | Saturday, November 21, 2026
सुदूरपश्चिमलाई बधाई दिँदै बालेनले भने – आठवटै टिमका लागि रंगशाला निर्माण हुनेछन्

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करण ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गरिने जनाएका छन्।

एनपीएल तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै उनले एनपीएलका आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुने बताउँदै ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन हुने बताएका हुन्।

‘एनपीएलको विजेता सुदूरपश्चिम रोयल्सलाई हार्दिक बधाई,’ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुनेछन्।’

क्रिकेट रंगशाला नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्ने बताउँदै उनले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अगाडि बढिसकेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अगाडि बढाउने जानकारी दिएका छन्। क्रिकेटको व्यावसायिक विकास र विस्तारका आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार रहेको उनले प्रस्ट पारेका छन्।

प्रधानमन्त्री शाहले आगामी तीन महिनाभित्र विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सलका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिने बताएका छन्।

त्यस्तै काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गरिने उनले जानकारी दिएका छन्।

प्रकाशित: ५ मंसिर २०८३ २०:३३ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast