भारतीय जमिनमा प्रवेशपछि कमजोर बन्दै चक्रपात, मौसम विभाग भन्छ : तर भारी वर्षा गराउन सक्छ

हिमाल प्रेस ११ कार्तिक २०८३ ८:४४ | Wednesday, October 28, 2026
8
SHARES
भारतीय जमिनमा प्रवेशपछि कमजोर बन्दै चक्रपात, मौसम विभाग भन्छ : तर भारी वर्षा गराउन सक्छ

काठमाडौँ– नेपालमा पनि भारी वर्षा र हिमपात गराउने भनिएको बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान छ ।

‘अर्नब’ नेपालसम्म आइपुग्दा समुद्री चक्रवातकै तीव्रतामा नरहने पूर्वानुमान रहेको मौसमविद् विनोद पोखरेल बताउँछन् ।

तर, यसले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो तहको न्यूनचापीय रेखाबीचको अन्तरक्रियाले भारी वर्षा गराउने सम्भावना रहेको उनको भनाइ छ ।

“अहिलेको पूर्वानुमानअनुसार लुम्बिनी र गण्डकीदेखि कोसीसम्मका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ,” मौसमविद् पोखरेल भन्छन्, “विशेषगरी बिहीबार साँझदेखि शनिबार बिहानसम्मको करिब ३६ घण्टा बढी सचेत रहनुपर्ने देखिन्छ ।”

वर्षाको स्थान, समय र मात्रा भने अझै फेरिन सक्ने मौसमविद् पोखरेलले प्रस्ट पारेका छन् ।

यसैबीच, ‘अर्नब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले सूचना जारी गर्दै कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अर्नब’को प्रभाव यही कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित: ११ कार्तिक २०८३ ८:४४ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast