यू-१९ महिला क्रिकेट सिरिज’को कप्तान बनिन् सोनी पाख्रिन

हिमाल प्रेस ११ कार्तिक २०८३ ७:३६ | Wednesday, October 28, 2026
10
SHARES
यू-१९ महिला क्रिकेट सिरिज’को कप्तान बनिन् सोनी पाख्रिन

काठमाडौँ– चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ८ तारिकसम्म चीनमा आयोजना हुनेछ।

उक्त प्रतियोगिताका लागि सोनी पाख्रिन, रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आसिकाकुमारी महरा, अनु कडायत, मनीषा उपाध्याय, सना प्रवीण, अलिशाकुमारी यादव र तिर्सना विश्वकर्माले टोलीमा स्थान बनाएका छन्।

नेपालले खेल्ने यस प्रतियोगितामा चीन, हङकङ र थाइल्याण्डले प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित: ११ कार्तिक २०८३ ७:३६ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast