गोकुल बाँस्कोटाद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न माग

हिमाल प्रेस ११ कार्तिक २०८३ ८:२२ | Wednesday, October 28, 2026
गोकुल बाँस्कोटाद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न माग

काठमाडौँ– एमाले नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पदबाट बर्खास्त गर्न माग गरेका छन्।

रास्वपाका उपसभापतिसमेत रहेका वाग्लेले एक साताअघि भारतमा दिएको अभिव्यक्तिको विरोध गर्दै आएका बाँस्कोटाले बुधबार सामाजिक सञ्जालमा वाग्लेलाई ‘नव लेन्डुप’को संज्ञा दिँदै उनलाई पदबाट बर्खास्त गर्न माग गरेका हुन्।

वाग्लेले राष्ट्रियताविरोधी अभिव्यक्ति दिएको सन्दर्भमा बाँस्कोटाले पृथ्वी नारायण शाहको प्रसिद्ध भनाई उद्धृत गर्दै वाग्लेको आलोचना गरेका हुन्। वाग्लेको नाम नलिइ बास्कोटाले उनलाई पदबाट हटाउन प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाईसमेत आग्रह गरेका छन्।

‘न राष्ट्रसंघ, न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग,’ बाँस्कोटाले लेखेका छन्, ‘तर पृथ्वी नारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक-जाई कटक र दुईढुंगाको तरुलको सुत्रमा बाँधेका थिए। अहिले बेपर्वाह नव लेण्डुप उफ्रने? किक आउट हिम, पिएम!’

वाग्लेले यही कात्तिक ६ गते भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधनको क्रममा ‘नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको’ बताएका थिए।

वाग्लेको उक्त अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै विभिन्न व्यक्तिहरूले विरोध गरिरहेका छन्।

अर्थमन्त्री वाग्लेले भारतमा दिएको अभिव्यक्तिको थापा र बास्कोटाले गरे विरोध
दिल्लीको साखुल्ले बन्न खोज्दा बर्बाद

प्रकाशित: ११ कार्तिक २०८३ ८:२२ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast