मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, चालक गम्भीर घाइते

हिमाल प्रेस २४ कार्तिक २०८३ १३:०२ | Tuesday, November 10, 2026
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौँ- बर्दियाको बढैयातालमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

बढैयाताल गाउँपालिका–८ स्थित शीतलबजारमा भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक बाँकेको कोहलपुर नगरपालिका–९ बस्ने २० वर्षीय दिक्षित श्रेष्ठ र पछाडि सवार सोही स्थानका १६ वर्षीय रिदम थापा घाइते भएका थिए।

घाइते दुवै जनालाई प्रारम्भिक उपचारका लागि नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेज लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि भारतको लखनउ लगिएकोमा उपचारकै क्रममा चिकित्सकले रिदम थापालाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दिक्षित श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको उपचार भइरहेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: २४ कार्तिक २०८३ १३:०२ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast