काठमाडौँ- सल्यानमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । प्रहरीका अनुसार सल्यानको सिद्ध कुमाख गाउँपालिका–२, रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा उक्त दुर्घटना भएको हो ।
शुक्रबार साँझ करिब ६:३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जीप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जानकरी दिएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएकोमा तीनजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रकाशित: १४ कार्तिक २०८३ ६:४६ | Saturday, October 31, 2026
प्रतिक्रिया



