तनहुँ- भानु नगरपालिका-१० तल्लो मैदानमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय शंकर पाण्डे र ६५ वर्षीय टंकीनीति पाण्डे रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि अस्पताल पठाइएकामा छुट्टाछुट्टै अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिए।
उनका अनुसार मोटरसाइकल चालक शंकरको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो भने टंकनीतिको प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको हो।
प्रकाशित: १८ असोज २०८३ १५:१६ | Sunday, October 4, 2026
प्रतिक्रिया



