ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

हिमाल प्रेस १५ कार्तिक २०८३ १८:४२ | Sunday, November 1, 2026
2
SHARE
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सुर्खेत– मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार चामुण्डाविन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार आचार्य रहेका छन्।

घाइते उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। डाक्टरले उनलाई मृत घोषित गरे ।

आइतबार दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीस्थित सुर्खेत–दैलेख सडक खण्डमा सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ गइरहेको क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

चामुण्डाविन्द्रासैनी–३ का २६ वर्षीय श्रवणकुमार आचार्य भने सकुशल रहेका छन् । प्रहरीले ट्रक चालक दाङको लमही नगरपालिका–३ का २५ वर्षीय सबिन चौधरी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: १५ कार्तिक २०८३ १८:४२ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast