बीपी राजमार्गमा जिप २० मिटर तल खस्दा आठ जना घाइते

हिमाल प्रेस १४ असोज २०८३ ११:५५ | Wednesday, September 30, 2026
12
SHARES
बीपी राजमार्गमा जिप २० मिटर तल खस्दा आठ जना घाइते

काठमाडौँ- सिन्धुलीको सुनकोशी गाउँपालिका-३ गणेशथानस्थित बीपी राजमार्गमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार बुधबार बिहान करिब ८:३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ९७४९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो। प्रहरीले दुर्घटनामा घाइते भएका आठै जनाको उद्धार गरी प्रारम्भिक उपचारका लागि स्थानीय प्रधान मेडिकल रातामाटा पठाएको थियो।

त्यहाँ सामान्य उपचारपछि घाइतेहरूलाई थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन्।

जिप चालक बेथानचोक गाउँपालिका-३ का अन्दाजी २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १४ असोज २०८३ ११:५५ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast