जाइकाले ३ चरणमा सकिनेगरी अघि बढायो बीपी राजमार्गको भत्किएको खण्डको निर्माण

हिमाल प्रेस २१ कार्तिक २०८३ ७:५४ | Saturday, November 7, 2026
जाइकाले ३ चरणमा सकिनेगरी अघि बढायो बीपी राजमार्गको भत्किएको खण्डको निर्माण

काभ्रेपलाञ्चोक- प्राकृतिक विपदबाट क्षतिग्रस्त बीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माण ३ चरणमा सक्नेगरी काम अघि बढेको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणको लागि जाइकासँग रु दुई अर्ब ६० करोडमा सम्झौता भएको हो। । पिप्लेदेखि काभे्रपलाञ्चोकको भकुण्डेबेँशीसम्मको खण्डमा पुनिःनिर्माणको काममा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ भने डालाबेँशीदेखि चारसयबेँशीसम्म (आठ दशमलव पाँच किमी) पुनःनिर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ।

चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्म (११ दशमलव आठ किमी) सडक लामा–नवकान्तिपुर जेभीले आगामी ०८४ असार १७ गतेभित्र काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको हो। पिप्लेदेखि डालोबेँशी (दुई दशमलव तीन किमी) सडकखण्डको जिम्मा पाएको उमा एण्ड कम्पनी–भण्डारी जेभीको २०८४ कात्तिक २६ गतेसम्म निर्माण सक्नेछ ।

विसं २०८१ असोज दोस्रोसाता रोशी खोलाको बाढीका कारण विपी राजमार्गको काभे्रपलाञ्चोक नमोबुद्धस्थित दाप्चाखोला १ नं पुलदेखि सिन्धुलीको नेपालथोकसम्म २९ किमी सडक पूर्णरूपमा क्षति भएको थियो ।

क्षतिग्रस्त राजमार्गमध्ये काभ्रेपलाञ्चोकतर्फको २५ दशमलव ११ किमी सडक तीन खण्डमा पुनःनिर्माणको काम भइरहेको छ । आगामी वर्षायाम अघि नै निर्माणाधीन तीन खण्डमा एक लेयरको कालोपत्रे गर्ने गरी तयारी भइरहेको योगेशले बताए । उनका अनुसार बाढीबाट क्षतिग्रस्त विपी राजमार्ग ‘डेडिकेटेड डबल लेन’मा पुनःनिर्माण भइरहेको हो ।

सो राजमार्गअन्र्तगत काभ्रेपलाञ्चोकभित्र पर्ने पिप्लेदेखि डालाबेँशीसम्मको दुई दशमलव ३ किमी सडक पुनःनिर्माण गर्न उमा एण्ड कम्पनी–भण्डारी अमरज्योती जेभीसँग रु ६८ करोड ८० लाख, डालाबेँशीदेखि चार सयबेँशीसम्मको सडकका लागि लामा–नव कान्तिपुर जेभीसँग रु एक अर्ब ४२ करोड र चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको सडक पुनःनिर्माणका लागि खानी–एवान–कमलजीत जेभीसँग रु एक अर्ब ३३ करोडमा सम्झौता भएको छ ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो मार्गका रूपमा उक्त राजमार्गलाई लिइन्छ ।

क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले कुल रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको थियो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको छ ।

योगेशका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ । तीनवटै खण्डमा छ दशमलब तीन किलोमिटर आरसीसी पर्खाल निर्माण हुनेछ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३(०५४ देखि विपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक० निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न भएको राजमार्ग विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित: २१ कार्तिक २०८३ ७:५४ | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast