पहिरो पन्छाएर बीपी राजमार्ग खुलाउने प्रयास हुँदै

हिमाल प्रेस १५ कार्तिक २०८३ १२:०१ | Sunday, November 1, 2026
6
SHARES
पहिरो पन्छाएर बीपी राजमार्ग खुलाउने प्रयास हुँदै फाइल तस्बिर

काठमाडौँ– पहिरो पन्छाएर बीपी राजमार्ग खुलाउने प्रयास सुरु भएको छ।

शुक्रबार र शनिबार परेको अविरल वर्षाको कारण राजधानी काठमाडौँ आवतजावत गर्ने बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ।

सडकमा पहिरो र लेदो थुप्रिँदा शनिबार बिहानैदेखि बीपी राजमार्गमा गाडी चल्न सकेका छैनन्।

काभ्रेको रोसी गाउँपालिका–७ गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजरको सहायतामा सडकको पहिरो पन्छाउन सुरु गरिएको प्रहरीले जनाएको छ। पानी पर्न रोकिएपछि पहिरो पन्छाउन थालिएको हो।

त्यसैगरी बाढीपहिरोको कारण ललितपुर र मकवानपुरमा कान्ति लोकपथ पनि अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका-३ पान्दु र टार्कुचेमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०८३ १२:०१ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast