बीपी राजमार्गको निर्माणाधीन ‘ट्रयाक’ को काम केही दिन स्थगित गरिने

हिमाल प्रेस ७ असोज २०८३ १७:१६ | Wednesday, September 23, 2026
16
SHARES
बीपी राजमार्गको निर्माणाधीन ‘ट्रयाक’ को काम केही दिन स्थगित गरिने

काठमाडौँ- भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ‘ट्रयाक’ को काम केही दिन स्थगित गर्ने तयारी भइरहेको बताएका छन्।

वर्षाका कारण सडकमा आउन सक्ने सम्भावित चुनौतीलाई ध्यानमा राख्दै यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउन निर्माणाधीन ‘ट्रयाक’ को काम अस्थायी रूपमा रोक्ने तयारी गरिएको बुधबार उनले बताए।

मन्त्री लम्सालले सम्भावित भारी वर्षासँगै पहिरो तथा सडकमा आउन सक्ने अन्य जोखिमलाई मध्यनजर गर्दै यात्राका क्रममा सतर्कता अपनाउन आग्रह गरे।

उनले अनावश्यक जोखिम नलिई सुरक्षित रूपमा यात्रा गर्न सबैमा अनुरोध गरेका छन्।

प्रकाशित: ७ असोज २०८३ १७:१६ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast