काठमाडौँ- तिहारपछि निरन्तर घटेको सुनको मूल्य (आज) सोमबार बढेको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार (मंसिर ६) २ हजार ८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ थियो।
सोमबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले नै घटेर ३ हजार ६५ रुपैयाँ थियो ।
प्रकाशित: ७ मंसिर २०८३ ११:०५ | Monday, November 23, 2026
प्रतिक्रिया



