सुनको भाउमा अझै गिरावट

हिमाल प्रेस ३० कार्तिक २०८३ १२:१८ | Monday, November 16, 2026
सुनको भाउमा अझै गिरावट

काठमाडौँ- सुनको भाउ आज पनि घटेको छ। तिहार बिदापछि शुक्रबार एकैचोटि तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार अरू घटेर २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम गरिएको छ। तिहारका लागि सुनचाँदी कारोबार बन्द गर्नुअघि कात्तिक २३ गते सोमबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो।

सँगसँगै चाँदीको मूल्य पनि निरन्तर घटिरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य थप घटेर आज प्रतितोला ३ हजार ५२० रुपैयाँ भएको छ।

आइतबार चाँदी ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार प्रतितोला मूल्य ३ हजार ७ सय रुपैयाँ थियो।

प्रकाशित: ३० कार्तिक २०८३ १२:१८ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast