काठमाडौँ- सुनको मूल्य आज घटेको छ। बिहीबार १३ हजार ३०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार भने (कात्तिक २०) ५ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
योसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार १३ हजार ३०० रुपैयाँले बढेर २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ६०० रुपैयाँ बढेर मूल्य २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार ७०० रुपैयाँ बढेर २ लाख ७५ हजार रुपैयाँ रहेको सुनको मूल्य सोमबार पनि २ हजार ३०० रुपैयाँ बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको थियो।
आइतबार भने ८ हजार ३०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ७२ हजार रुपैयाँ थियो ।
प्रकाशित: २० कार्तिक २०८३ ११:०० | Friday, November 6, 2026
प्रतिक्रिया



