सुनको भाउ बढ्यो, कति पुग्यो आज?

हिमाल प्रेस १६ कार्तिक २०८३ ११:४० | Monday, November 2, 2026
10
SHARES
सुनको भाउ बढ्यो, कति पुग्यो आज?

काठमाडौँ– नेपाली बजारमा सोमबार (कात्तिक १६) सुनचाँदीको मूल्य बढेको छ । आइतबार ओरालो लागेको सुनचाँदीको मूल्य सोमबार भने बढेको हो ।

आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै सोमबार छापावाल सुनको मूल्य २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार ८ हजार ३०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ७२ हजार रुपैयाँ थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ थियो ।

प्रकाशित: १६ कार्तिक २०८३ ११:४० | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast