कबड्डी ५ ले कमायो १० करोड

हिमाल प्रेस १६ कार्तिक २०८३ १२:२७ | Monday, November 2, 2026
कबड्डी ५ ले कमायो १० करोड

काठमाडौँ- ‘कबड्डी-५: आफ्टर द फाइनल म्याच’ व्यापार १० करोड नाघेको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार, यस फिल्मले १० करोड ७६ लाख ६३ हजार ७१५ ग्रस कलेक्सज गरेको हो।

कात्तिक ६ गतेबाट प्रदर्शन भएको ‘कबड्डी-५’ ले १० दिनमै १० करोडको आँकडा पार गरेको छ। यस अवधिभर फिल्मलाई तीन लाख ४६ हजार ४२७ जनाले हेरिरहेका छन्।

यसअघि नै दुई दिनमै यस फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सुपरहिट फिल्म घोषणा गरिसकेको छ। हिट फिल्मको शृंखला भएकाले अग्रिम बुकिङमा नै यस फिल्मको क्रेज व्यापक देखिएको थियो।

दशैंको अवसरमा प्रदर्शन भएका तीन नेपाली फिल्म हुँदा समेत यस फिल्मले देशभर २४० हाराहारी शो पाएको थियो। दोस्रो सातामा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ।

यस फिल्ममा दयाहाङसहित मिरुना मगर, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ र माओत्से गुरुङलगायतको अभिनय छ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा रामबाबु गुरुङको निर्देशन रहेको छ। निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ।

प्रकाशित: १६ कार्तिक २०८३ १२:२७ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast