‘कबड्डी’ ५ दसैँको टीको पर्सिपल्ट प्रदर्शन हुने

हिमाल प्रेस ३ असोज २०८३ ७:५७ | Saturday, September 19, 2026
‘कबड्डी’ ५ दसैँको टीको पर्सिपल्ट प्रदर्शन हुने

काठमाडौँ- ‘कबड्डी’को पाँचौँ शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को प्रदर्शन मिति तोकिएको छ। शुक्रबार निर्माण टिमले सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै दशैंको टीकाको पर्सिपल्ट अर्थात कात्तिक ६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।

पोस्टरमा सिनेमाका मुख्य पात्र काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ)को चारित्रिक भेषमा प्रस्तुत भएका छन्।

पोस्टरमा काजी अर्थात् दयाहाङ पार्कको एउटा कुर्सीमा हातमा क्रिकेट ब्याट समातेर सोचमग्न भएर बसेका छन् । उनलाई बीके र छन्त्यालले गम्भीरतापूर्वक नियालिरहेको दृश्य दर्शकलाई कौतुहलता जगाउने किसिमको छ।

प्रकाशित: ३ असोज २०८३ ७:५७ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast