बसमा महिलामाथि हातपात र अभद्र व्यवहार गरेको आरोपमा ३ युवक पक्राउ

हिमाल प्रेस २० कार्तिक २०८३ १०:५१ | Friday, November 6, 2026
बसमा महिलामाथि हातपात र अभद्र व्यवहार गरेको आरोपमा ३ युवक पक्राउ

काठमाडौँ- सार्वजनिक बसमा महिलामाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटैनाका २१ वर्षीय समीर बिष्ट, सोही ठाउँका २४ वर्षीय अनिल नाथ र भीमदत्त–३, तिलकेनीका २१ वर्षीय जीवन बम छन् ।

मंगलबार (कात्तिक १७) काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको सु।प।प्र। ०२–००१ ख १५६३ नम्बरको रात्रि बसमा उनीहरू सवार थिए । उनीहरूले सोही बसमा सवार महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेका प्रहरीले जनाएको छ ।

उक्त घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै तीव्र आलोचना गरिएको थियो । बिहीबार ९कात्तिक १९० उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले जानकारी दिए ।

प्रकाशित: २० कार्तिक २०८३ १०:५१ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast