काठमाडौँ- तिहारपछि ह्वात्तै घटेको सुनको भाउ ओरालो लाग्ने क्रम रोकिएको छैन। तिहार बिदापछि कारोबार सुरु भएयता लगातार तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य अरू घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० सय रुपैयाँमा झरेको हो। हिजो सोमबार सुन तोलाको २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: १ मंसिर २०८३ १०:५६ | Tuesday, November 17, 2026
प्रतिक्रिया



