काठमाडौँ- यो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ। आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत क्षेत्रतर्फ सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको विवरण घोषणा गरेको हो ।
विभागमा आयोजित कर दिवस समारोहमा सार्वजनिक गरिएको विवरणअनुसार निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ भने व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् ।
मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ हिमालयन डिस्टिलरी लिमिटेडले सबैभन्दा धेरै कर तिरेको छ । बैंकिङ क्षेत्रबाट नबिल बैंक, पर्यटन व्यवसायबाट सोल्टी होटल लिमिटेड र सूचना प्रविधितर्फ तिन फाइनाइट सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन् ।
प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद एक्सेप्सनल बिजनेस विधातर्फ भाटभटेनी सुपरमार्केटउत्कृष्ट करदाताको सूचीमा परेका छन् । भाटभटेनीको तर्फबाट सावित्री गुरुङले उक्त सम्मान तथा प्रमाणपत्र ग्रहण गरिन् ।
उत्कृष्ट घोषित करदाता तथा कम्पनीका प्रतिनिधिहरूलाई अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय तथा विभागका अधिकारीहरूले प्रमाणपत्रसहित सम्मान गरेका थिए ।



