निरन्तर ओरालो लागिरहेको छ सुनको भाउ, आज पनि घट्यो

हिमाल प्रेस ६ मंसिर २०८३ १०:५५ | Sunday, November 22, 2026
2
SHARE
निरन्तर ओरालो लागिरहेको छ सुनको भाउ, आज पनि घट्यो

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। गत साताको कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार (मंसिर) छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ थियो। आइतबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसअघि शुक्रबार चाँदीको मूल्य ३ हजार ११० रुपैयाँ थियो ।

प्रकाशित: ६ मंसिर २०८३ १०:५५ | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast