शपथपछि मधेशका मुख्यमन्त्रीले भने : सर्वदलीय सरकार बन्छ, सबै दल सहभागी हुन्छन्

हिमाल प्रेस ६ मंसिर २०८३ १२:४० | Sunday, November 22, 2026
शपथपछि मधेशका मुख्यमन्त्रीले भने : सर्वदलीय सरकार बन्छ, सबै दल सहभागी हुन्छन्

काठमाडौँ- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन्।

मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने बताए ।

“मेरो चाहना सबै दल मिलेर सरकार बनाउने हो, म त्यही भावनाअनुसार दलहरुसँग छलफल अगाडि बढाउछु,” मुख्यमन्त्री यादवले भने, “मेरो नेतृत्वको सरकारमा सबै दल सहभागी हुन्छ भने मलाई विश्वास छ ।” निर्धारित समयभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।

यसअघि प्रदेश प्रमुख कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

 

प्रकाशित: ६ मंसिर २०८३ १२:४० | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast