काठमाडौँ- सुनको मूल्य आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख २० हजार ८५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ८५९ रुपैयाँ कायम भएको छ।
प्रकाशित: ३ मंसिर २०८३ ११:५५ | Thursday, November 19, 2026
प्रतिक्रिया



