काठमाडौँ- नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ।
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो।
सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटिजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।
प्रकाशित: २८ कार्तिक २०८३ १२:२७ | Saturday, November 14, 2026
प्रतिक्रिया



