तिहारलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणलाई सुनको असर्फी बिक्री गरिँदै

हिमाल प्रेस १९ कार्तिक २०८३ ८:३५ | Thursday, November 5, 2026
तिहारलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणलाई सुनको असर्फी बिक्री गरिँदै

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणलाई सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्दै छ । बैंकको टक्सार महाशाखाले आजबाट सर्वसाधारणमा असर्फी र मेडालियन बिक्रीमा राख्ने भएको छ ।

सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्राम चाँदीका मेडालियन खरिद गर्न सक्नेछन् । यी दुवै खालका असर्फी र मेडालियनमा लक्ष्मी र गणेशको चित्र कुँदिएका हुनेछन् । जसलाई सर्वसाधारणले एकरएकवटा र बढीमा दुई थानसम्म किन्न सक्नेछन् ।

सर्वसाधारणले खरिद गर्ने दिनको बजार मूल्यअनुसार असर्फी र मेडालियन किन्न सक्नेछन् । महाशाखाले आज र भोलिमात्रै बिक्रीमा राख्ने जनाएको छ ।

यसका लागि ११ बजेदेखि ३ बजेसम्म महाशाखामा आएर खरिद गर्न सकिनेछ । खरिदकर्ताले नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्ता नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपि ल्याउनुपर्नेछ ।

प्रकाशित: १९ कार्तिक २०८३ ८:३५ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast