बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

हिमाल प्रेस १९ कार्तिक २०८३ ८:११ | Thursday, November 5, 2026
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

झापा- झापाको बिर्तामोडमा भएको आगलागीबाट करिब ६ करोड बराबरको क्षति भएको छ। आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै रहेको राजेश मण्डलको घरमा आगलागी भएको थियो।

घरको दोस्रो तलामा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार, आगलागीबाट शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदाममा करिब तीन करोड, निरिका फार्मेसी तथा गोदाममा रु एक करोड र घरधनी मण्डलको घरमा दुई करोड बराबरको क्षति भएको छ।

आगो आसपासका घरमा समेत फैलिएको थियो । आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादहका सातवटा दमकल परिचालन गरिएका थिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसमेत आगो नियन्त्रणमा खटिएका थिए । घण्टौँको प्रयासपछि आगो निभाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १९ कार्तिक २०८३ ८:११ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast